arrow

डडेलधुरामा पार्टी सभापतिमाथि नै ‘कू’, कार्वाहीको तयारी

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
congress-release.jpg

डडेलधुरा । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अन्तर्घात गर्ने आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने भएको छ । 

आफ्नै पार्टीका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई हराउने अभिप्रायले सुनियोजित ढंगबाट प्रतिनिधिसभाका हँसिया हतौडा र प्रदेशसभाका लागि सूर्य चिन्हमा भोट माग्नेलाई कार्वाही गर्न जिल्ला अनुशासन कमिटि अग्रसर भएको हो । 

जिल्ला अनुशासन कमिटि संयोजक अर्जुनबहादुर मल्लले विज्ञप्ति जारी गरी अन्तर्घात गर्ने जो कोहीलाई कार्वाही गर्ने जनाएका छन् । 

त्यसका लागि एक हप्ताभित्र सप्रमाण उजुरी दिन समय दिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ