arrow

कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो, माओवादी पाँचौं

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु । यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । 

प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ । 

प्रतिनिधिसभातर्फ दुई लाख ३० हजार ९२ मत गणना गरिएकोमा २९ हजार ८९५ मत बदर भएको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमा मात्र एमालेले काँग्रेसभन्दा बढी मत प्राप्त गरेको छ । 

प्रदेशसभातर्फ भने एमालेले बढी मत प्राप्त गरेको छ । 

काँग्रेस ६१ हजार २९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी, नेकपा एमालेले ६० हजार ९९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने २१ हजार ९६७ मत ल्याएर राजपा तेस्रो पार्टी, १८ हजार ६६७ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल चौथो बनेको छ भने १० हजार ८३३ मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र पाँचाँै नं मा पुगेको छ । 

कपिलवस्तु प्रतिनिधिसभा एकमा काँग्रेसले २२ हजार ८८५, एमालेले २३ हजार ५९८, माओवादी केन्द्रले पाँच हजार ४८० र राजपाले चार हजार ६३२ मत प्राप्त गरेको छ । 

त्यसैगरी, कपिलवस्तु प्रतिनिधिसभा दुईमा काँग्रेसले २६ हजार ५०, एमालेले २५ हजार ९१, माओवादी केन्द्रले दुई हजार ३१८ र राजपाले पाँच हजार ८७५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, प्रतिनिधिसभा तीनमा काँग्रेसले १२ हजार ३५७, एमालेले १२ हजार ३०५, माओवादी केन्द्रले तीन हजार ३५ र राजपाले ११ हजार ३६० मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा भने एमालेले ५७ हजार ६२० मत ल्याएर पहिलो भएको छ भने काँग्रेस एमालेपछिको ५२ हजार ८४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४९८ मतका साथ तेस्रो र संघीय समाजवादी फोरमले १७ हजार १९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १७८ मत प्राप्त गर्दैै पाँचौँ भएको छ । 

क्षेत्र १ मा एक लाख १६ हजार ९३७, क्षेत्र २ मा एक लाख दुई हजार ४२० र क्षेत्र ३ मा ९२ हजार ४०३ गरी कुल तीन लाख ११ हजार ७६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा ८४ हजार ९६०, क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो । 

जिल्लामा कुल ७३।८० प्रतिशत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७।०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२।९३ प्रतिशत मत बदर भएको छ । 

प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट वाम गठबन्धनले जितेको थियो भने काँग्रेस र संघीय समाजवादी फोरमले एक÷एक सिट जितेका थिए । 

त्यस्तै, प्रतिनिधिसभातर्फ कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल बलदेव, क्षेत्र २ बाट एमालेका वृजेसकुमार गुप्ता र कपिलवस्तु क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता अभिषेकप्रताप शाह विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ