arrow

समानुपातिक मतः पाँच दलले पार गरे थ्रेसहोल्ड, को लाइनमा (१०ः४० बजेसम्म)

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
samanupatik6.JPG

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । 

एमालेले अहिलेसम्म २६ लाख ४२ हजार ५६८ मत जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २५ लाख ५७ हजार ४८५ मत ल्याएको छ । 

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ५३ हजार ४७८ मत ल्याएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ३ लाख ५५ हजार २५४ मत ल्याएको छ । 

पाँचौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टी राजपाले ३ लाख ० हजार २७८ मत ल्याएको छ । 

छैटौं स्थानमा रहेको राप्रपाले १ लाख ७५ हजार ९४७ मत ल्याएको छ । 

सातौं स्थानमा रहेको विवेकशील साझा पार्टीले १ लाख ७४ हजार १५९ मत ल्याएको छ । 

नयाँ शक्ति पार्टीले ६९ हजार ४३८ मत, राप्रपा प्रजातान्त्रिकले ६४ हजार १४ मत तथा नेपाल मजदुर किसान पार्टीले ५०४६७ मत ल्याएको छ । जनमोर्चा भने खस्केको छ । जनमोर्चाले ४३ हजार ३९६ मत ल्याएको छ । 

अहिलेसम्म एमाले, काँग्रेस, माओवादी, संघीय फोरम र राजपाले थ्रेसहोल्ड कटाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ