arrow

रसुवागढी नाकाबाट एक अर्बको राजस्व असुली

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
Rasuwa gadhi.JPG.jpeg

रसुवा।  उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रिने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ । 

सरदरमा दैनिक एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए। भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ