arrow

माघ ११ देखि क्यान ईन्फोटेक हुने

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
can.jpg

काठमाडौ । क्यान महासंघको आयोजनामा यही माघ ११ गतेदेखि “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला”  आयोजना हुने भएको छ ।

मेला माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । ६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीको सहभागितामा मेलाले नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकाल बताउँछन् ।

उनका अनुसार यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइनेछ । मेलाले व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई नौलो प्रविधिको प्रदर्शनी गर्ने मौकासमेत प्रदान गर्नेछ । साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस पटकको मेलाको शिर्ष प्रायोजन सुविसु केबलनेट र एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ ।  त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु हुवावे,  एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली   रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ ।

अफिसियलहरुमा बैंक सन्राइज बैंक, ईन्स्योरेन्स प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी. सुबिसु,  अनलाईन टिकेटिङ्ग एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा स्प्यारो एस.एम.एस. र क्रियटिभ विटी प्रिन्टिङ्गस् रहेका छन् ।


मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा १ सय ४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा दुई सय २२ स्टलमा हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनका स्टल रहनेछन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको आयोजकले जनाएको छ ।  

“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क सय  र विद्यार्थीलाई ५० तोकेको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरेको छ ।

मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ  भने  अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ