arrow

फेडेररको कीर्तिमान, चौथो पटक ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर’

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
federer1.jpg

लन्डन । टेनिस स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ बनेका छन् ।

बीबीसीले हरेक वर्ष दिंदै आएको स्पोर्ट्स पर्सनालिटी अवार्डमा विदेशी खेलाडीतर्फको विधामा फेडेररले उपाधि जितेका हुन् ।

अघिल्लो वर्ष कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका फेडेरर पब्लिक भोटको आधारमा वर्ष खेलकुद ब्यक्तित्व चुनिएका हुन् ।

फेडेररले बक्सिङ खेलाडी मोहम्मद अली र धावक युसेन बोल्ट( ३–३ पटकका विजेता) लाई पछाडि पार्दै चौथो पटक उपाधि जित्ने कीर्तिमान रचेका हुन् । 

३६ वर्षीय स्वीस टेनिस स्टार फेडेररले गत वर्ष २ ग्राण्डस्लामसहित ७ उपाधि जितेका थिए । 

उनको नाममा १९ औं पटक ग्राण्डस्लाम जितेको कीर्तिमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ