arrow

यी हुन् धरौटी जफत भएका उम्मेदवारहरु 

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
election-commission.jpg.jpeg

बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो । 

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । 

बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा तीनजनाकोे धरौटी जफत भएको छ । प्रदेशसभा कबाट उम्मेदवारी दिएका पाँचजनामध्येबाट पनि तीनजनाको धरौटी जफत भएको छ । 

प्रदेशसभा खमा भने दुईजना मात्रै उम्मेदवार रहेकामा कसैको पनि धरौटी जफत भएको छैन । 

प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र राप्रपाका कुनै पनि उम्मेदवार धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । 

प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ६९ हजार ११९ मत सदर भएको थियो । 

यस्तै, प्रदेशसभामा ‘क’ क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३४ हजार ८८२ मत सदर भएको हो भने प्रदेशसभा ख क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा ३५ हजार ५६५ सदर भएको थियो । 

प्रतिनिधिसभामा धरौटी जफत हुने उम्मेदवारहरुमा एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्द, विवेकशील–साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी रहेका छन् । 

यस्तै , धरौटी जफत हुने प्रदेशसभा ‘क’ मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे रहेका मुख्य निर्वाचन अधिकृत गौतमले बताए । 

उनले भने, “कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम उनीहरुको धरौटी जफत भएको छ ।” 

बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेकामा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ