arrow

स्याङ्जामा समानुपातिकमा एमाले बलियो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
Syangja_district_map.png

स्याङ्जा । स्याङजाको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । समानुपातिक परिणाम अनुसार स्याङजामा नेकपा एमाले पहिलो भएको छ । उसले प्रतिनिधी सभा तर्फ ६१ हजार ५ सय २४ मत पाएको भने प्रदेशसभा तर्फ ५८ हजार ६४ मत पाएको छ ।

पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत एमालेले प्रतिनिधी सभामा २ प्रदेश सभामा २ स्थानमा जीत हात पारेको थियो । त्यस्तै समानुपातिकमा दोस्रो भएको नेपाली कांग्रेसले प्रतिनिधी सभामा ५५ हजार ३ सय ४६ मत र प्रदेशसभा तर्फ ५३ हजार ८ सय १ मत प्राप्त गरेको छ । कांग्रेसले पहिलो हुने निर्वाचनमा स्याङजामा १ प्रदेशमा मात्रै जीत हात पारेको थियो ।

त्यस्तै वामगठवन्धनको अर्को घटक माओवादी केन्द्रले ७ हजार ४ सय ४५ मत प्राप्त गर्दै तेस्रो भएको छ उसले प्रदेश तर्फ भने ९ हजार ७ सय ५५ मत पाएको छ जुन प्रतिनिधीसभामा पाएको मत भन्दा २ हजार ३ सय १० मत धेरै हो । चौथोमा भने स्याङजामा उमेद्वार नै नभएको विवेकशिल साझा पार्टी रहेको छ जसले प्रतिनिधी सभा तर्फ ३ हजार २ सय ३० मत पाएको छ त्यस्तै प्रदेश तर्फ २ हजार ५३ मत पाएको छ ।

प्रतिनिधीसभा तर्फ राप्रपाले २ हजार ४ सय ३० र प्रदेश तर्फ १ हजार ८ सय ३ मत पाएको छ । छैठौ स्थानमा रहेको जनमुक्ती पार्टीले प्रतिनिधीसभा तर्फ ७ सय १६ र प्रदेश तर्फ ६ सय ४९ मत पाएको छ । सातौ स्थानमा रहेको नयाँ शक्तीले प्रतिनिधीसभा तर्फ ५ सय ३८ र प्रदेश तर्फ ५ सय ४६ मत पाएको  छ । समानुपातिक तर्फ प्रतिनिधी सभाको लागि जनप्रजातान्त्रिक,हाम्रो पार्टी र सुकुम्वासी पार्टीले सवै भन्दा कम १-१ मत पाएका छन् ।

२ लाख १० हजार ३८ मतदाता रहेको स्याङजामा १ लाख ३९ हजार ५ सय ४९ मत खसेको थियो  । जस मध्ये प्रतिनिधी सभा तर्फ ६ हजार ६ सय १२  मत वदर भएको छ भने प्रदेश तर्फ ११ हजार १ सय ९३  मत वदर भएको छ । सवैभन्दा धेरै मत वदर प्रतिनिधी सभाको १ क मा भएको छ । जहाँ १० प्रतिसत मत वदर छ । प्रत्यक्ष तर्फको निर्वाचनमा बामगठबन्धनै अगाडी रहेको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको स्याङ्जामा एक प्रदेश सभा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने ५ बामगठबन्धनले विजयी हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ