- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको यसपटकको सिजन म्यान्चेस्टर सिटीले जित्ने लगभग पक्का भएको छ ।
लिगमा इतिहासकै अहिलेसम्मको लगातार १६ जितको किर्तिमान बनाउँदै म्यान्चेस्टर सिटीले एकोहोरो खेल सकाउन नपाउँदै नै उपाधिको तम्तयार गरेको हो ।
अहिलेसम्म कुनै पनि टिमले लगातार १६ खेल जितेको छैन । सिटीले शनिबार राति टोटनह्याम हट्सपरलाई ४–१ ले हरायो ।
रहिम स्टर्लिङले २ तथा इके गुन्डोगान र केभिन डे ब्रायनले १–१ गोल गरे ।
टोटनह्यामका क्रिश्चियन एरिक्सनले सान्तोना गोल फर्काए ।
यो जितपछि म्यान्चेस्टर सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको भन्दा १४ अंकको अग्रता बनाएको छ ।
१८ खेलबाट सिटीको ५२ अंक छ भने एक खेल कम खेलेको युनाइटेडको ३८ अंक छ ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन चेल्सीको ३८ अंक भएको छ ।
चेल्सीले शनिबार राति साउथह्याम्पटनलाई १–० ले हरायो ।
घरेलु मैदानमा चेल्सीलाई जिताउन कार्कोस अलन्सोले ४५ औं मिनेटमा निर्णायक गोल गरे ।
आर्सनलले न्युकासल युनाइटेडलाई १–० ले हरायो ।
यसैगरी क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई ३–० ले, वेष्टह्यामले स्टोक सिटीलाई ३–० ले तथा हडर्सफिल्डले वाट्फोर्डलाई ४–१ ले पराजित गरे ।
बर्नली र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन् ।