- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेपाली काँग्रेसले अग्रस्थानमा रहेको नेकपा एमालेसंगको अन्तर ४८ हजारमा झारेको छ ।
अन्तिम चरणमा गणना भइरहँदा एमालेको ३१ लाख ६१ हजार ४२८ मत रहेको छ भने काँग्रेसको ३१ लाख १३ हजार २४१ मत रहेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको १२ लाख ९६ हजार ४८, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार १९७ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ९५५ मत प्राप्त गर्न सफल भएको छ ।
विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३०४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।
दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।
उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ ।