arrow

पर्यटकीय क्षेत्र खोज्दै अर्जुनचौपारी गाँउपालिका

ताउकोलेकबाट पर्यटकीय पदमार्ग अवलोकन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ पुष २ आइतबार
Syangja_District.png

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाले पर्यटकीय क्षेत्रको खोजीकार्यलाई शुरुवात गरेको छ । प्रचार प्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको खोजी कार्यलाई अगाडी बढाएको हो । सम्भावना भएका पर्यटकीय क्षेत्रको पहिचान गरी गाँउपालिकामा आन्तरिक र बाह्रय पर्यटक भित्राउने लक्ष्य गाँउपाकिाले लिएको छ । स्याङ्जाका ११ स्थानीयतह मध्ये अर्जुनचौपारी गाँउपालिका पनि पर्यटकीय क्षेत्रको सम्भावना बोकेको गाँउपालिका हो ।
 
जनप्रतिनिधि आएपछि पहिलो पटक शुरुवात गरिएको पर्यटकीय पदमार्ग अध्ययन अवलोकन अर्जुनचौपारी गाँउपालिका वडा नं. २ ताउकोलेकबाट शुरु गरिएको गाँउपालिका अध्यक्ष दिर्घनारायण अर्यालले बताए । अव सबै वडामा रहेका पर्यटकीय क्षेत्रको पहिचान अगाडी बढाउने काम गर्ने छौं अध्यक्ष अर्यालले भने,“गाँउपालिकाका ६ ओटै वडामा ओझेलमा परेका पर्यटकीय क्षेत्रको पहिचान हुनेछ ।” पहिलो आर्थिक बर्षमा पहिचान गर्ने र अर्को आर्थिक बर्षबाट सम्भावना भएका पर्यटकीय क्षेत्रको विकासको खाका कोर्ने छौ उनले भने ।

जिल्लाकै अत्यनै उच्च रहेको अनुमान गरिएको ताउकोलेकलाई प्रचारप्रसारका लागि गाँउपालिकाका ६ ओटै वडा अध्यक्ष, गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल उपप्रमुख चिनमाया गुरुङ्, प्रशासकिय अधिकृत प्रकाश पौडेल लगायतको टोलीले अध्ययन अवलोकन गरेको गाँउपालिकाका प्रवक्ता ख्यामनारायण अर्यालले बताए ।

अर्जुनचौपारी गाँउपालिकाको कार्यालयबाट १ घण्टा गाडीमा र लामीडाँडाँबाट ३ घण्टा पैदलयात्रा गरेपछि मात्रै ताउकोलेकमा पुगिने छ । प्राचिनकालमा गाँई काट्दा ढुङ्गो काटिएको र त्यही ढुङ्गोमा पुजाआजा हुदै आएको बताइएको छ । ढुङ्गामा गाईको थुन समेत फेला परेको टोलीले जनाएको छ । अत्यन्तै घना जंगलको विचमा रहेको त्यो ढुङ्गो सम्म पुग्न अत्यन्तै कठिन हुने भएकाले यसको अझै सारसंक्षेपको खोजी गरि बाहिर ल्याउने प्रबक्ता खनालको भनाई छ ।

सोली आकारको गाँउपालिका अत्यन्तै सुन्दर बस्तीहरु रहेका छन् । आर्यखस, जनजाती, दलित लगायतको बसोवास रहेको गाँउपालिकामा आ—आफ्नै पहिचान झल्किने संस्कृति समेत रहेको छ । ४ गाविस र पंचमुलको एक वार्ड जोडेर बनाईको अर्जुनचौपारी गाँउपालिकामा धार्मिक पर्यटनका र होमस्टेको अत्यन्तै सम्भावना बोकेको गाँउपालिका हो । त्यस्ता ठाँउको पहिचान गरी गाँउपालिकाले  कार्ययोजना बनाएर विकासका पुर्वाधार अगाडी बढाउन सकेमा पर्यटन भित्राउन सहज हुने देखिएको छ । बाह्रय र आन्तरिक पर्यटन भित्राउन सकेमा आम्दानी सगै गाँउपालिकालाई मुलुक र बाहिर चिनाउन सकिने देखिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ