arrow

मौसमले अत्यायो, उपत्यकामा १० बजेसम्मै हूस्सू 

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
fog-kathmandu.jpg

काठमाडौं । देशभर मौसमले सताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार सोमबार पूर्वमा आंशिक बदली हुनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहने छ ।

तर बिहानीपख अधिकांश क्षेत्रमा हूस्सू लागेको छ । हिमाली केही जिल्लामा मात्र हिमपात भएको छ । आंशिक वर्षा हुन सक्ने रिमालले बताए । 

काठमाडौं उपत्यकामा बाक्लो हूस्सू लागेको छ । हूस्सू खुल्न १० बजेसम्मको समय कुर्नुपर्ने मौसमविद् रिमालले हाम्राकुरालाई बताए । 

बिहान ६ः३० बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री रहेको थियो ।

पश्चिम तराईमा बाक्लो हूस्सू देखिएको छ । दिउँसोतिर मौसम खुल्दै जाने रिमालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ