- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुडिसन पार्क । इङलिस फुटबल खेलाडी वाइने रुनीको प्रभाव फुटबल जगतलाई थाहा छ । तर उनी म्यानचेस्टर युनाइटेडका खेलाडी हुँदा पहिलो रोजाइमा पर्न छाडेपछि पुरानै क्लवमा फर्केका छन् ।
रुनीले पुरानै क्लव एभर्टनबाट फेरि सुधारोन्मुख प्रदर्शन गर्दै आएका छन् । सोमबार राति भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई हराउँदा रुनीले पेनाल्टीबाट एक गोल गरे ।
उनका प्रशंसक पनि खुशी हुन थालेका छन् । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टन ३–१ ले विजयी भयो ।
खेलको ३५औं मिनेटमा लेरो फेरले गोल गर्दै स्वान्सी सिटीलाई सुरुवाती अग्रता दिलाए ।
४५ औं मिनेटमा रुनीले पेनाल्टी हान्ने अवसर पाए । तर असफल भए । लेविनले त्यतिबेलै गोल गरेर बराबरीमा ल्याए ।
६४ औं मिनेटमा सिगुड्सनले गोल गर्दै एभर्टनलाई २–१ ले अग्रता दिलाए । ७३ मिनेटमा फेरि रुनीले पेनाल्टी हान्ने अवसर पाए । यसपटक सफल भए ।
जितपछि एभर्टनको १८ खेलबाट २५ अंक भएको छ । एभर्टन नवौं स्थानमा छ । १२ अंकको स्वान्सी पुछारमा छ ।
शिर्ष स्थानको म्यान्चेस्टर सिटीको ५२ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ४१ अंक छ ।