arrow

१५ दिन नपुग्दै दोस्रो पटक बढ्यो पेट्रोल-डिजेलको मूल्य, अब कतिमा पाइन्छ ?

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको १५ नपुग्दै फेरि मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोलमा , डिजेल र मट्टितेलको लिटरमा १–१ रुपैयाँ बढाइएको छ । अब पेट्रोल लिटरको १ सय १, डिजेल ७८ र मट्टितेल लिटरको ७८ रुपैयाँ पर्ने छ ।
निगमले २२ मंसिरमा मात्रै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।  निगम प्रवक्ता गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको सुनाए । यसअघि खाना पकाउने ग्यासको २५ रुपैँया बढेकामा अहिले यथावत राखिएको छ । हवाई इन्धनको मूल्य पनि यथावत नै छ ।

अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुने छ । डिजेलमा अझै प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा हुने देखिएको छ ।

मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा र हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ८३ पैसा र बाहृयतर्फ २४ रुपैयाँ ८८ पैसा नाफा छ । खाना पकाउने एलपी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको बताइन्छ ।

मूल्य समायोजन गरेपछि पनि अझै महिनामा ११ करोड ३९ लाख रुपैयाँ घाटा रहने निगमको अड्कल छ । अहिलेको अवस्थामा निगम साढे १९ करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ