मंगलबारे-जीतपुर-सोयाक-चुलाचुली हुदै झापा जाने द्रुत मार्ग बन्ने
प्रकाशित २०७४ पुष ६ बिहिबार
519
Shares
मंगलबारे, इलाम । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले इलामको मंगलबारे-जीतपुर-सोयाक-चुलाचुली हुदै झापा जानका लागि द्रुत मार्ग बन्ने भएको छ ।
माई नगरपालिका–७ कपरसुक्कामा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद नेम्वाङले महमाई र दानाबारीबीचमा पर्ने माईखोला, चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न पनि आग्रह गरे। पुल बनेपछि महमाई, बाँझो, सोयाक र जीतपुर मंगलबारे-जीतपुर-सोयाक-चुलाचुली हुदै झापा जाने द्रुत मार्ग बन्ने आउजाउ गर्न सहज हुनेछ ।
यो बाटो बन्नु पर्ने भन्दै स्थानीयहरुले लामो समयदेखी कुरा उठाउदै आएका थिए । कच्ची बाटो खुलेको लामो समयपछि कतिपय ठाँउमा ग्राभेल समेत भइसकेको छ । ग्राभेल भइसकेपछि जीतपुर-सोयाक हुदै बस, जीप लगायतका केहि सवारी साधन जोखिम मोलेर यात्रुलाई सेवा दिन थालेका छन् ।
महमाई क्षेत्रको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गरिने बताउँदै उनले पाँच वर्षभित्र जनताले अनुभूत गर्ने खालका ठोस योजना लागू गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा, राम रानालगायतले बढ्दो बेरोजगारी समस्या समाधान गर्न पहल गरिने बताएका थिए ।