arrow

संघियताले कर प्रणालीमा व्यवसायी अन्योल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ पुष ६ बिहिबार
wcci-trade-sanjaya.jpg

स्याङ्जा। उद्योगी व्यवसायीहरुले मुलुक संघियता संरचनामा गइसके पनि अझै सम्म व्यवसायीले तिर्नुपर्ने कर प्रणालीको अवधारणा सार्वजनिक नगर्दा अन्योलता छाएको बताएका छन्। वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको पर्वत उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले करको दायरा नखुलाउदा व्यवसायी कर प्रणालीमा अन्योल परेको बताएका हुन्। नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिपक लम्सालले तिनतहको संघिय संरचना अनुसार उद्योगी व्यवसायीले कर नतिर्ने बताएका छन्। दुवै उद्योग वाणिज्य संघका टोलीलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य लम्सालले दोहोरो तेहोरो कर प्रणालीले उद्योगी व्यवसायी मर्कामा पर्ने भएकाले यस विषयमा बहस हुनु आवश्यक रहेको उल्लेख गरे।

स्थानीय सरकार देखि प्रदेश र केन्द्र सरकारले नीजि क्षेत्रलाई स्थायीत्व र अवलम्वनका बारेमा आजै देखि एकै खालको धारणा बनाउनु पर्ने भनाई लम्सालले राखे। सरकार र राजनीति क्षेत्रको चेपुवामा जहिले पनि नीजि क्षेत्रका उद्योगी व्यवसायी पर्दै आएका छन् लम्सालले भने,“एकै खालको कर प्रणाली सरकारले लागु गर्नुपर्छ। अव स्थायीत्व सरकार र निर्धक्क व्यपार गर्ने बतावरण बनाउन राजनीतिकदल लाग्नु पर्छ उनले भने। लामो समय जनप्रतिनिधि नहुँदा नीजि क्षेत्रले गरेको भुमिकाको राजनीतिकदलले स्मरण गर्नुपर्ने बताउदै लम्सालले जनप्रतिनिधि आएपछि पनि नीजि क्षेत्रको भुमिका ओझेल पार्ने काम नगर्न आग्रह गरे।

भेटघाट तथा अन्तरक्रियामा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले राष्ट्रको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकारले स्पष्ट नीति नवनाउदा कर प्रणालीले मारमा पारेको बताए। सरकार सगँ जहिले पनि करकै विषयमा उद्योगी व्यवसायी आन्दोलीत हुनुपर्ने बातावरण अव तिनतहको सरकारले नगर्न लामिछानेले आग्रह गरे। एक जिल्लाको उत्पादक अर्को जिल्लामा लैजाने वातावरण सगै यो भ्रमणले स्याङ्जा र पर्वतका उद्योगी व्यवसायीलाई भाईचारको सम्वन्ध राख्ने विश्वास व्यक्त गरे। पर्वतमा नीजि क्षेत्रले गरेको सामाजिक, भौतिक र व्यवसायी हकहितको वारेमा लामिछानेले उल्लेख गरेका थिए।

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङको विकासका लागि संघले केही अवधारणा अगाडी सारेको बताएका थिए। उद्योग, कलकारखानाको अत्यन्तै सम्भावना रहेको वालिङलाई औद्योगीक शहरको रुपमा विकास गर्ने लक्ष्य संघले लिएको पौडेलले बताए। लामो समयको राजनीतिक अस्थिरता तिनतहको निर्वाचनले टुङ्गाएको उल्लेख गर्दै पौडेलले जन निर्वाचितहरु सगँ सहकार्य गरेर अगाडी बढ्ने धारणा व्यक्त गरे। सुन्तला र कफीको खेती हुने स्याङ्जालाई कृषिमा आत्मनिर्भर बनाउन संघ सबै किसानहरु सगँ हातेमालो गर्दै नीजि क्षेत्रले बजारको व्यवस्था गर्ने धारणा व्यक्त गरे। पर्वत जिल्ला उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत तथा धन्यवाद उपाध्यक्ष युगमाया पंगेनी र महासचिव गिरमान गुरुङ्ले गरेका थिए। टोली एक हप्ताको लागि भ्रमणमा निस्केको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ