फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का
प्रकाशित २०७४ पुष ६ बिहिबार
358
Shares
मनिला। फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको समाचार छ। बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन्। उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन्।
मनिला सहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको जनाइएको छ। फिलिपिन्स द्वीपमा खराव मौसमको कारण सो दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिए। उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। रासस-एएफपी