arrow

क्यान महासंघको अध्यक्ष हेमन्त चौरसिया हुने निश्चित 

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
hemanta_chaurasiya.jpg

काठमाडौं । क्यान महासंघको २४ औं साधारण सभाबाट अध्यक्ष हेमन्त चौरसिया हुने निश्चित भएको छ । नयाँ नेतृत्वको लागि शुक्रबार भएको मनोनयनमा अध्यक्षको लागि चौरसियाको मात्रै उम्मेदवारी परेपछि उनी अध्यक्ष बन्ने निश्चित भएको हो । 

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको महासंघको २४ औं साधारण सभामा सदस्य र पदाधिकारीहरुको लागि भने शनिबार निर्वाचनप्रक्रिया सुरु हुँदैछ । पहिले सदस्यको छनौट भएपछि उनीहरुमध्येबाटै पदाधिकारी बन्ने प्रचलन रहेको महासंघमा सम्भवतः शनिबार नै सबै पदमा नयाँ नेतृत्व छनोट गरिसक्ने तयारी भईरहेको छ । साधारण सभाले अधिकांश सदस्यहरु पनि निर्विरोध चयन गर्ने सम्भावना देखिएको छ ।

चौरसियाले आफ्नो मात्रै मनोनयन परेपछि हाम्राकुरासँग कुराकानी गर्दै अब महासंघको नेतृत्वलाई सवल र सक्षम बनाउन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थापनाको लामो समयसम्म पनि क्यान भाडामा बस्नुपर्ने अवस्था रहेको तर्फ ईंकित गर्दै उनले आफ्नो कार्यकालमा महासंघ आफ्नै घरमा सर्नसक्नेगरी काम सुरु गर्ने बताए । कोषध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष बन्नलागेका चौरसिया सिभिल इन्जिनियर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ