पोल्याण्ड सरकारले न्यायपालिका विरुद्ध कू गरेको छ : प्रधान न्यायाधीस
प्रकाशित २०७४ पुष ८ शनिबार
905
Shares
वारसा, पोल्याण्ड। पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाएकिछिन्। सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको हो।
प्रधान न्यायाधीस मागोजाटा जेर्स्डर्फले भनेकिछिन्, सरकारले सिङ्गो मुलुक डुब्न सक्ने बाटो ‘रसातलतर्फ’हिडेको प्रतिक्रिया दिइन्। पोल्याण्डको न्यायिक सुधारलाई लिएर युरोपेली संघ (इयु) ले हालै अनुशासनसम्बन्धी अभुतपूर्व कदमहरु चालिसकेको छ। आफ्ना चासोहरुलाई सम्बोधन गर्न इयुले पोल्याण्डलाई तीन महिने समयसीमा दिएको छ।
शुक्रवार प्रकाशित प्रधानन्यायाधीश जेर्स्डर्फको खुलापत्रमा भनिएको छ, “देशका महत्वपूर्ण मध्येका एउटा संस्थाको संरचनामाथि कू भइरहेको छ। त्यो पनि सैन्य बल वा अर्धसैनिक फौजको प्रयोग गरेर नभई वैधानिक संस्थाहरुको गलत प्रयोग गरेर।”
“संविधानको रुपमा लेखिएको सामाजिक सम्झौतालाई नतोड्न म सरकारलाई सचेत बनाउन चाहन्छु। राष्ट्रपति एन्जे डूडाले सर्वोच्च अदालत र राष्ट्रिय न्याय परिषद्मा सुधारसम्बन्धी दुईवटा विधेयकमा हस्ताक्षर गरिसकेका छन्। रासस-एपी