arrow

पूण्यको काम !

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
ilam.png

मंगलबारे । इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् । 

पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन् । 

स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताउनुभयो । समितिका सल्लाहकार किशोर कार्कीले रु १५ लाख मूल्य बराबरको जग्गादान गरेको बताए ।

उनले मालपोत कार्यालयमार्फत समितिको नाममा सो जग्गा पास गरिसकेका छन् । आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्यको काम गरिएको गोविन्दले बताए ।

सो जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताए । पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४०० जना लाभान्वित हुनेछन् । 

मैनालीले हत्याको आरोपमा बिनाकसुर जापानको जेलमा १४ वर्ष बिताएका थिए । चौध वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरी क्षतिपूर्तिको रकम भराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ