arrow

छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
Ministry-Finance-hamrakura-3.jpg.jpeg

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ। यो कूल बजेटको २७ प्रतिशत मात्रै हो। चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च रु दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६.४४ प्रतिशत खर्च भएको छ। यसैगरी पूँजीगततर्फ रु ३१ अर्ब ९९ करोड अर्थात् ९.५५ प्रतिशत खर्च भएको छ।

वित्तीय व्यवस्थातर्फ रु १५ अर्ब ४१ करोड अर्थात् १०.९९ प्रतिशत खर्च भएको छ। सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ।

चालू आवको मंसिर महिनासम्ममा रु दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५.५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४.९७ ले वृद्धि हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ