arrow

अन्तरजातीय विवाह गर्दै सोनाक्षी सिन्हा

समाचार अनुसार फिल्मका निर्माताहरु सोनाक्षीसँग कुरा गरिरहेका छन् ।

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
Sonakshi.jpg.jpeg
मुम्बई । बलिउडमा हालका दिनमा रिमेक फिल्म बनाउने ट्रेड बढ्दै गएको छ । फिल्म निर्माताहरुले धेरै क्लासिक फ्लेबरका फिल्मको रिमेक गरिसकेका छन् । जसले बक्स अफिसमा सफलता पनि पाएका छन् । निर्देशक जोडी राधिका रोय र विनय सप्रु सन् १९८६ मा रिलिज भएको कमेडी फिल्म ‘चमेलीकी शादी’को रिमेक बनाउन लागि परेका छन् ।

त्यो बेलाको यो फिल्ममा अनिल कपुर र अमृता सिंहले प्रमुख भूमिकामा अभिनय गरेका थिए । यो फिल्मको कहानी हाल पनि सान्दर्भिक भएकाले निर्देशकद्वयले फिल्मको रिमेक बनाउने सोच बुनेका छन् । फिल्मले अन्तर जातिय कथा प्रस्तुत गरेको छ,

जुन समाजले अहिले पनि स्वीकार गर्न सकेको छैन । ‘धेरै सम्बन्धहरु जात र वर्गकै कारण टुट्ने गरेका छन् । हाम्रो फिल्मको कहानीले पनि त्यही अन्तरजातीय विवाहको कुरालाई प्रस्तुत गर्नेछ ।’निर्देशकद्वयले भनेका छन् ।

फिल्ममा नायिका सोनाक्षी सिन्हाले अभिनय गर्ने करिब पक्कापक्की जस्तै भएको छ । उनी चमेलीको जस्तै विन्दास र खुलेर आफ्नो कुरा राख्नेमा विश्वास गर्छिन् । समाचार अनुसार फिल्मका निर्माताहरु सोनाक्षीसँग कुरा गरिरहेका छन् ।

‘फिल्मको लागि सोनाक्षीसँग फाइनल कुरा भईसकेको छ । फिल्मका अन्य कलाकारका बारेमा आगामी साता जानकारी दिनेछौं ।’निर्देशक विनयले भनेका छन् । फिल्ममा सोनाक्षीले अन्तरजातीय विवाह गर्नेछिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ