मृत्युदण्ड सुनाइएका भारतीय अधिकारीले गरे आमा र धर्मपत्नीसँग सम्वाद
प्रकाशित २०७४ पुष १० सोमबार
563
Shares
इश्लामावाद, पाकिस्तान। पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजायँ सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ। पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उनलाई भारतको आग्रहमा मृत्यु दण्ड नदिई काराबासमा राखिएको छ।
मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको विदेश मन्त्रालयले जनाएको छ। उनीहरुलाई सिसाबाट देखिने र माइक्रोफोनबाट सुनिनेगरी बोल्ने र भेट्ने व्यवस्था मन्त्रालयले गरेको थियो। भेट्न र बोल्न आएका महिलाहरु भेट्नु र बोल्नु अघि र पछि निकै चिन्तित र तनावमा देखिएको अधिकारीहरुले बताएका छन्।
भेट्न र बोल्न आएका ती आमाले छोरा र श्रीमतीले काराबासको सजाँय भोगिरहेका कैदी श्रीमान्लाई भेटेपछि आफ्ना विमान मार्फत् भारत फर्किएका छन्। बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानकाबीच लामो समयदेखि दुईदेशीय तीन ओटा युद्ध भएका छन्। आणविक हतियार भएका दुवै देशले हिमाली क्षेत्र कश्मीरलाई आफ्नो देशको भूभाग भएको दावी गर्दै आइरहेका छन्। रासस-एपी