arrow

नेपाली विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन 

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
new-vehicle.jpg

काठमाडौँ । इन्जिनियरिङ अध्ययन गरिरहेका स्नातक तहका नेपाली विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका स्नातक तहमा अध्ययनरत मेकानिकल तर्फका चार जना विद्यार्थीले मौलिक प्रविधिको गाडी तयार पारेका हुन् । 

अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका हुन् । 

उनीहरुको कार्यमा सोही क्याम्पसका सहप्राध्यापक डा नवराज भट्टराईले निर्देशन गरेका थिए । गाडीको गति पेट्रोल इन्धनमा प्रतिघन्टा ७० किलोमिटर र ब्याट्रीमा प्रतिघन्टा १७ किलोमिटर रहेको छ । 

मोटरसाइकल र कारका विशेषता रहेको तीनपाङ्ग्रे सवारी साधनले काठमाडौँका व्यस्त तथा उकाला ओराला सडकमा सफल यात्रा गरिसकेको छ । 

अनेक समस्या झेल्दै चार जना विद्यार्थीले तयार पारेको सवारी साधनले पुल्चोकबाट चोभारसम्मको उकालो ओरालो, बागबजारको व्यस्त, गठ्ठाघरसम्मको फराकिलो बाटोको यात्रा तय गरेको छ । 

यसअघि यिनीहरुले २०७० सालमा नै पहिलो वर्षमै खेलौना रेसिङ कार ‘गो कार्ट’ तयार पारेका थिए । 

०७२ को नाकाबन्दीपछि परम्परागत र नवीकरणीय ऊर्जा दुवैबाट चल्ने सवारी साधन बनाउने सोच आएपछि अहिले नयाँ गाडी बनाइएको उनीहरुले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ