भारतीय लगानीको युटीयल १७ अर्वमा किने नेपाली उद्यमी समुहले
प्रकाशित २०७४ पुष १२ बुधबार
912
Shares
काठमाडौं। भारतीय लगानीमा सञ्चालित दुरसञ्चार कम्पनी युटीएल विक्री भएको छ। भारतीय विभिन्न तहका लगानीकर्ताहरुको लगानी रहेको युटीएलको शेयर सबै नेपाली उद्यमीहरुको समुहले खरिद गरेको छ।
युटिएलको शेयर नेपाली उद्यमी उपेन्द्र महतोको समुहले सबैभन्दा धेरै ४० प्रतिशत खरिद गरेको छ। विशाल ग्रुप, जावलाखेल ग्रुप, प्रभु ग्रुप, ज्योती ग्रुप र आइएमएस ग्रुपले वाँकी ६० प्रतिशत शेयर खरिद गरेका छन्।
नेपाली १७ अर्व रुपैयाँमा युटीएलको शेयर खरिद गरिएको बताइएको छ।
युटीएलमा भारतीय टेलिफोन निगम लिमिटेडको २६.३८ प्रतिशत लगानी रहेको थियो। टेलिकम्युनिकेशन कन्सल्टेन्टस इण्डिया लिमिटेड भारत र टाटा कम्युनिकेशन लिमिटेड भारतको पनि प्रत्येकको २५.६६ दशमलव लगानी रहेको छ। पुरानो शेयरमा उपेन्द्र महतो समुहको २० प्रतिशत शेयर रहेको थियो।
युटियलको शेयर खरिद विक्रिका क्रममा महतोले खरिद गरेको बाहेक ६० प्रतिशत शेयर माथि उल्लेख गरेका अन्य समुहले सकार्ने हुन्।
१६ बर्षदेखि सञ्चालनमा आएको युटियल शुरुदेखि नै घाटामा रहेको छ। यद्यपी यसका ५ लाख २८ हजार८६९ले युटिएलको भ्वाइस सेवा र ६३ हजारले युटियलको डाटा चलाउने गर्छन।
युटिएलमा टेलिकम क्षेत्रकै पुरानो खेलाडी उपेन्द्र महतो समुह सहितका नेपाली घरानाहरुको प्रवेशले टेलिकम क्षेत्र भने थप प्रतिष्पर्धी हुने आँकलन गरिएको छ। महतो मेरो मोवाइल हालको एनसेल मार्फत नेपालको टेलिकम सेवा प्रदायक कम्पनीमा प्रवेश गरेका थिए।