world cup

सुनसरी क्षेत्र ३ : मतगणना विवादको मुद्दामा दुवै पक्षलाई बोलाइने

प्रकाशित मिति : २०७४ पौष १४ शुक्रबार , ३,२२२ पटक हेरिएको
तस्वीर : फाइल

काठमाडौं। सर्वोच्च अदालतले सुनसरी निर्वाचन क्षेत्र ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली कांग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो। सो क्षेत्रमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) की भगवती चौधरीले गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको जनाउँदै पुनःमतगणना गर्नुपर्ने मागको मुद्दाको सुनुवाइपछि सो आदेश दिएको हो।

चौधरीले यही पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औँ लटमा निर्वाचनको मतगणनाका क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गर्नुभएको छ। साथै पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको जनाइएको छ। सुनसरी–३ को मतगणनाबाट गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ प्राप्त गरेकिछिन्। गच्छदार र चौधरीको मतअन्तर ३२१ छ। रासस

सम्बन्धित समाचार

नयाँ