arrow

शुक्लाफाँटा संरक्षण गर्न चोरी शिकारी नियन्त्रण समितिलाई तालिम

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष १५ शनिबार
Suklafata.jpg.jpeg

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण गर्नका लागि समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समितिलाई तालिम दिईएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोषले कञ्चनपुरका पाँच चोरी शिकारी नियन्त्रण समितिका पदाधिकारीलाई कानुन सम्बन्धीत अभिमुखिकरण तालिम दिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अनिल प्रसाईले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण गर्ने उदेश्यले समितिका पदाधिकारीलाई एक दिने तालिम दिएको बताए ।

उनका अनुसार बागेश्वरी, शुक्लाफाँटा, शोभाताल, शुनदेवी र त्रिशक्ति चोरी शिकारी नियन्त्रण समितिका पदाधिकारीलाई अभिमुखिकरण तालिम दिईएको छ । वन र बन्यजन्तु संरक्षणमा समितिको प्रमुख भूमिका हुने भन्दै उनीहरुलाई संरक्षण सम्बन्धी कानुनी विषयलाई जानकारी गराईएको हो ।

‘समुदायका पदाधिकारीलाई संरक्षणप्रति जागरुक बनाउन जरुरी छ, ‘उनले भने, ‘यसबाट समितिका पदाधिकारीलाई संरक्षणका काम गर्न सजिलो हुन्छ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ७ नम्बर प्रदेशको वन र वन्यजन्तुका लागि अध्ययन, अनुसन्धानको केन्द्र बन्न सक्ने भन्दै प्रमुख प्रसाईले जैविक विविधता संरक्षणमा युवा समिति जागरुक हुनुपर्नेमा जोडदिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले मध्यवर्ती क्षेत्रका युवा समितिलाई संरक्षणप्रति जागरुक बनाउने उदेश्यले तालिम संचालन गरिएको बताए ।

तालिममा समितिका पदाधिकारीलाई अधिकार, कर्तव्य बारे जानकारी समेत गराईएको छ । शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिहले विगतका युवाहरु आफ्नो मालिकका लागि संरक्षणका काममा जुट्ने गरेको प्रसङग जोड्दै अहिलेका युवा भावि सन्तानका लागि संरक्षणको काममा होमिएको बताए । तालिममा सिकेका विषयबस्तु बारे व्यवहारिक रुपमा समेत कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । तालिममा सहभागिले व्यवहारिक भएको भन्दै संरक्षणका काममा जुट्न हौसला प्रदान भएको बताएका छन् । संरक्षणकर्मीले समुदायको साथ सर्मथनमा मात्रै दिगो संरक्षणमा जोडदिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ