arrow

नवौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष १६ आइतबार
football-new.jpg

पाँचथर । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।

दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् ।

प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले अग्नि रुपन्देही र मोरङले विर्ता युनाइटेड झापालाई पराजित गर्दै फाइनलमा आएका हुन् ।

विजेताले ट्रफिसहित नगद ३ लाख र उपविजेताले ट्रफिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम  स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले वताए ।



नयाँ