- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि अगाडि लागेको छ ।
यसअघिको खेलमा साउथह्याम्पटनसंग बराबरीमा रोकिएपछि चेल्सी अगाडि लागे पनि सोमबार रातिको खेलमा एभर्टनलाई २–० ले हराएपछि म्यानचेस्टर युनाइटेड चेल्सीको भन्दा २ अंकले अग्रता लिन सफल भएको हो ।
एभर्टनको मैदानमा भएको खेलमा युनाइटेडलाई विजयी गराउन एन्थोनी मार्सियल र जेस्सी लिंगार्डले १–१ गोल गरे ।
एभर्टनका वाइने रोनीले पहेंलो कार्ड खान पुगेका थिए ।
अन्य खेलमा लिभरपुलले बर्नलीलाई २–१ ले, लेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले, न्युकासलले स्टोकलाई १–० ले हरायो । ब्राइटन र बर्नमाउथले २–२ को बराबरी खेले ।
लिगमा २१ खेलबाट ५९ अंकसहित म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै रहेको छ ।
म्यानचेस्टर युनाइटेडको ४७ तथा चेल्सीको ४५ अंक छ । लिभरपुलको ४४ अंक भएको छ ।