arrow

रोनाल्डोले दिए ट्रान्सफरका लागि रियाल मड्रिड प्रमुखलाई चिठी 

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
Ronaldo-,,,.jpg.jpeg

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडका कप्तान क्रिस्चियानो रोनाल्डोले खेलाडी ट्रान्सफरका लागि प्रमुखलाई चिठी थमाएका छन् । 

पोर्चुगिच खेलाडी रोनाल्डोले किको कासिल्ला र केलर नाभासको ठाउँमा नयाँ दुई खेलाडी ल्याउनु पर्ने भन्दै प्रमुखलाई चिठी दिएका हुन् । 

रोनाल्डोले डिफेन्स लाइन मजबुद बनाउन चाहेको डेली मेलले जनाएको छ । 

रोनाल्डो आफूसहितको फरवार्ड लाइनप्रति भने सन्तुष्ट देखिएका छन् । 

लिगको डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड यो सिजनमा खराव खेल्ने क्रममा १६ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ । 

लिग लिडर बार्सिलोनाको १५ खेलबाट ४५ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ