arrow

‘श्रम नियमावली छिटो ल्याउनुपर्नेमा जोड’

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
OAN.jpg

काठमाडौँ । श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा  बिहिवार यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल श्रमिक आपूर्तिकर्ता संघको स्थापना दिवसको उपलक्ष्यमा बिहिवार आयोजित कार्यक्रममा सहभागीले वक्ताले श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने सुझाव दिए ।

सो अवसरमा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै अब यसको कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए  ।

सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको पनि उनले जानकारी दिए  ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले पुँजी र श्रमको उपयुक्त व्यवस्थापन आजको आवश्यकता रहेको बताउँदै “आपूर्तिकर्ता संघ स्थापना हुनु राम्रो हो, तर कर्मचारीलाई स्थायी गर्नुपर्छ भनेर कम्पनीकै सदस्यहरुले छुट्टै आपूर्तिकर्ता संस्था दर्ता गरी त्यसमार्फत कामदारलाई रोजगारी दिने कार्य गरेमा त्यो निन्दनीय हुन्छ,” भने।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले श्रम ऐनको भावना अनुरुप श्रम नियमावली नआएको धारणा व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक रिचार्ड हवार्डले लामो प्रयासपछि श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको चर्चा गर्दै यो उद्योगी र श्रमिक दुवैको पक्षमा रहेको बताए । संघका अध्यक्ष रामेश्वर साहले श्रम बजारलाई अझ सुव्यवस्थित गर्ने उद्देश्यका साथ संघको स्थापना भएको बताए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ