रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी
प्रकाशित २०७४ पुष २० बिहिबार
383
Shares
मस्को, रसिया। एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्। विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ र्याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको उहाँको दावी रहेको छ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार एक सार्वजनिक समारोहमा अमेरिकाले दीर्घकालिन सम्भौता गर्न चाहेको बताउको प्रसँगलाई लिएर रसियाली कुटनीतिज्ञको यो भनाइ आएको हो। “हामीले अमेरिकालाई इश्लामिक गण्तन्त्र इरानको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने प्रयास नगर्न सचेत गराउन चाहन्छौ,” र्याबकोभले भने।
चीन, फ्रान्स, जर्मनी, रसिया, संयुक्त अधिराज्य (बेलायत) र संयुक्त राज्य अमेरिकाको पहलमा इरानसँग आणविक सम्झौता भएको थियो। आणविक हतियार सम्बन्धि संयुक्त बृहद् कार्ययोजनासहित दश बर्षसम्म यूरेनियमको विकासलाई विस्तार नगर्ने सहमति भएको थियो। रासस-सिन्ह्वा