arrow

नेपाल श्रमिक आपुर्तिकर्ता संघको श्रममन्त्रीले गरे शुभारम्भ 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
outsourcing-assocation-nepal.JPG

काठमाडौं। नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित भएका छन्। “नेपाल श्रमिक आपुर्तिकर्ता संघ”का नामबाट नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित भएका हुन्। 

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले विहिवार एक समारोहका बीच संघको शुभारम्भ गरे। नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रलाई अझ बढी व्यवस्थित एवम् सदृढ पार्दै वैधानिक किसिमले यस क्षेत्रको विकास गरि राष्ट्रिय अर्थतन्त्रलाई दरिलो पार्न ठोस योगदान पूर्‍याउने यस व्यवसायमा समर्पित व्यवसायिहरुको हकहित संरक्षण गर्ने उद्देश्य राखी संघको स्थापना गरिएको अध्यक्ष रामेश्वर साहले वताए। 

“व्यवस्थित श्रम बजार–समृद्धीको आधार”भन्ने नाराका साथ दर्तावाला श्रमिक आपुर्तिकर्ता व्यवसायीहरुको स्वःस्फूर्त पहलबाट काठमाण्डौ महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा संघ दर्ता भएको कार्यक्रममा जानकारी दिइयो। “नेपाल श्रमिक आपुर्तिकर्ता संघ”समाज कल्याण परिषदमा समेत आवद्द भएको छ। यहि पुष ९ गते दर्ता भएको संघमा दुई साता पनि नपुग्दै सय संस्था सदस्य भएका छन्। नेपालमा नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्ति गर्ने करिव ३ हजार संस्था रहेको छ।

संघको शुभारम्भ कार्यक्रममा नेपाल सरकारले हालै जारी गरेको श्रम ऐन २०७४ को स्वागत गरिएको थियो। पहिलो पटक “श्रमिक आपुर्ति सम्बन्धि व्यवस्था” गरिएको यो ऐन हाम्रा लागि ऐतिहासिक उपलब्धी र सम्मानको विषय भएको अध्यक्ष साहले वताए। 

श्रम कानुनकै अभिन्न अङ्गको रुपमा रहने श्रम नियमावलीको पहिलो खाकाको रुपमा प्राप्त प्रस्तावित मस्यौदामा राखिएका कतिपय प्रावधानहरुका बारेमा भने संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। श्रमिक आपुर्तिकर्ताहरुको अस्तित्वलाई नै संकटमा पूर्‍याउने सम्मको प्रावधान समेटिएको नियमावलीलाई थप छलफल गरेर मात्र अन्तिम निष्कर्षमा पुर्‍याउनु पर्ने संघले माग गरेको छ।

नियमावलीमा सुधार गर्नैपर्ने मूलभूत विषयहरुलाई लिपिवद्द गरी सुझावको रुपमा सम्बन्धित निकाय समक्ष पेश गरिएको जनाउँदै अध्यक्ष साहले त्यसलाई समेट्न सम्वन्धित निकायसँग आग्रह गरेका छन्। संघले श्रमिकहरुको हक अधिकारको सम्मान गर्दै उनिहरुले पाउने सेवा सुविधाहरुप्रति सदा सकारात्मक रहने जनाएको छ। राष्ट्रियस्तरका ट्रेड यूनियनहरुसँग रचनात्मक सहकार्य सम्बन्धको विस्तार गर्न समेत संघले तत्परता देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ