३० करोड तिर्न नसक्ने एयर एशियाका हरिमान टाट पल्टेकै हुन?
विमानस्थल र पर्यटन वोर्डलाई ३० करोड नतिर्ने हरिमानको एयर एशियाको उडान रोकिदै
प्रकाशित २०७४ पुष २१ शुक्रबार
763
Shares
काठमाडौँ। मलेसियाको एयर एसिया एक्सको जेनरल सेल्स एजेन्ट जिएसए रहँदै आएका हरिमान लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटन वोर्डकव गरि ३० करोड रुपैयाँ तिर्न अटेरी गरेपछि उनको एयरलाइन्सको उडान सोमबारदेखि रोकिने भएको छ।
उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई र पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने भएपनि उनले तिर्न अटेरी देखाउँदै आएका छन्।
वक्यौता रकम धेरै भएपनि नतिरेका लामाले थोरै रकम तिर्न चेक पठाएपनि ति चेक पनि वाउन्स भएपछि उनको नियतमाथि पनि सम्वन्धित निकायले शंका गरेका छन्।
एयर एसिया एक्सले मलेसियाबाट काठमाडौं सीधा उडान भर्दै आएको छ।
विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार उक्त एयरलाइन्सले अवतरण ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसन, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतमा उक्त बक्यौता तिर्नुपर्नेछ।
लामाको कम्पनीले ३ बर्ष यता कुनै पनि रकम विमानस्थललाई बुझाएको छैन। विमानस्थलले उनलाई पुस २३ गते सम्मको म्याद दिएपनि अहिलेसम्म रकम तिर्ने बारेमा कुनै सोधखोज सम्म पनि भएको छैन।
पटकपटक ताकेता गर्दा पनि रकम नबुझाएपछि आजित भएको विमानस्थलले पनि आइतबारसम्म सबै रकम दाखिला नगरे सोमबारबाट उडान रोकिदिने चेतावनी दिएको छ।
जवर्जस्ती गरेर जहाज ल्याए यताबाट नफर्काउने तयारीमा विमानस्थल रहेको छ।
एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडानभर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो।
सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको यस एयरलाइन्सको जीएसए लामाको लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो।
विमानस्थल प्रशासन र उसको तालुक निकाय बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणले धेरैपटक इन्सेन्टिभका कार्यकारी अध्यक्ष हरिमान लामालाई लिखितमै ताकेता गरेपनि उनले राजनीतिक शक्तिको आडमा वक्यौता तिर्न आनाकानी गरेका हुन्।
एयर एसियाले पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ। बोर्डका सीईओ दीपकराज जोशीका अनुसार उक्त एयरलाइन्सले प्रत्येक विदेशीबाट उठाउने पर्यटन सेवा शुल्कबाट बुझाउनुपर्ने रकम पनि तिरेका छैनन। मनमौजी शैलीमा सरकारी रकममा र्याल काँढेका लामालाई कानुननी दायरामा ल्याउन दवाव बढेको छ।
हरिमान लामाको कम्पनीलाई हामीले सयौं पटक ताकेता गर्दा केही दिनअघि पठाएको १८ लाखको चेक चेक बाउन्स भएको सीईओ जोशीले बताए।
सरकारलाई तिर्नुपर्ने दायित्व यसको नेपाली एजेन्ट कम्पनीको भएपनि उनी रकम तिर्न अटेर गरेर उम्कने प्रयासमा रहेका छन्।
घरजग्गाको कारोवारबाट अकुत सम्पति कमाएका लामा पछिल्लो समयमा घरजग्गा कारोवारमा मन्दी आए लगत्तै उनको कारोवारमा कमी आएको बताइन्छ। कैयन व्यवसायमा संलग्न उनले एयर एशियाको जिएसए बन्ने बेलामा धेरैलाई पछि पार्दै ल्याएका थिए। तर पछल्लो दिनमा उनको हालत टाट पल्टेको व्यवसायीको जस्तो देखिएको छ।