शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नू पर्नेमा जोड
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ पुष २१ शुक्रबार
304
Shares
पोखरा। कास्की क्षेत्र नं ३ का प्रतिनिधि शभा सदस्य जगत बिश्वकर्माले शिक्षा स्वास्थ्य र खाद्य अधिकार लाइ सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन। शूक्रबार इन्सेक पोखरा र मानब अधिकार निगरानी समूह अन्नपूर्ण गाँउपालिकाले संयूत्त रुपमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बनधि राज्यको निति तथा कार्यक्रम कार्यन्वयनको अबस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कूरा बताएका हून।
उनले सेवा प्रदायक निकायलाइ जिम्मेवार भएर काम गर्न आग्रह गर्दे, राज्यको निति तथा कार्यक्रम कार्यन्वयनको लागि सम्पूर्ण नागरिक एक भएर लाग्नू पर्नमा समेत जोड दिए। अन्नपूर्ण गाँउपालिकाका उपाध्यक्ष सगून गूरुडले स्थानिय सरकारले जनतालाइ परिबर्तनको अनूभूति हूने गरि काम गरेर देखाउन चाहेको उल्लेख गर्दे त्यसको लागि सबैको साथ र सहयोग आबश्यक रहेको बताइन।
इन्सेक पोखराका संयोजक शिब खकूरेलले सेवाप्रदायक निकायहरुलाइ जिम्मेवार बन्न दवाब सृजना गर्दे स्थानीय जनताले भोग्नू परेका समस्याहरुको समाधानमा सहयोग पूर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि राज्यको निति तथा कार्यक्रम सम्बन्धमा अन्नपूर्ण गाँउपालिकाका स्वास्थ सह संयोजक सूदिप कूमार मिश्र, कृषि कार्यलयका शशीकूमार सिहं, पशू कार्यलयका गोमा श्रेष्ठ, शिक्षा कार्यलयका श्रोत ब्यत्ति टेकनाथ पोख्रेल ले सहजीकरण गरेका थिए ।मानब अधिकार निगरानी समूहका अध्यक्ष गोपाल देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शान्तीका लागि नागरीक समाजको संजाल कास्कीका संयोजक बिष्णू बराल,इन्सेक कार्यक्रम संयोजक सबनम शर्मा,मानब अधिकारका लागि यूबा समूहका संयोजक मोनिका रानाभाट, बाल अधिकार चेतना समूह,सृजना मा.बी का अध्यक्ष किरण सूबेदी ,लगाएतले बोलेका थिए। कार्यक्रमको सन्चालन इन्सेक सहजकर्ता सरिता तिम्सीना पगेनी ले गरेकी थिइन।