arrow

ग्यास उद्योग बन्द गर्नेहरुको कथा : बाहिर ४९ बन्दकाे हल्ला, भित्र जम्मा दुईटा !

स्थापना अघिका मापदण्द पूरा नगरेका ग्यास उद्योग कसरी चले ?

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
gas-bisfot.jpg

काठमाडौं । सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्यास उद्योगलाई बन्द गर्ने तयारी गरेको चर्चा सर्बत्र फैलिएको छ । तर, यसको भित्रि अन्तर्य भने अर्कै छ । बाहिर ४९ उद्योग कारबाहीमा भनियो । भित्र जम्मा दुई उद्योगलाई मापदण्ड पुर्‍याउन भनि निर्देशन दिइयो । त्यो पनि आयल निगम मार्फत ।

काभ्रेको बनेपामा रहेका तीन ग्याँस उद्योग मध्ये सगर ग्यास उद्योग मात्रै मापदण्डमा चलिरहेको छ । त्यही रहेका सूर्य र चण्डीग्यासले माप दण्ड पूरा नगरेको भेटिएको छ । ती दुई उद्योगलाई आयल निगमले मापदण्ड पूरा गर्न भनेको छ । बाहिर बन्द नै गर्ने भनियो तर, भित्र मापदण्ड पुर्‍याउन भनियो, उपभोक्तावादी प्रेमलाल महर्जनले हाम्राकुरासँग भने, ‘जम्मा दुई उद्योगलाई निर्देशन दिइएको छ । यो सुरुवात जस्तो मात्रै देखिएको छ । ग्यास उद्योग स्थापना अघि नै पुर्‍याउनु पर्ने मापदण्ड नपुर्‍याएका ग्यास उद्योगलाई अहिले मापदण्ड पुर्‍याउन भन्नु कति लाज मर्दो कुरा हो । अहिले सम्म ति ग्यास उद्योगहरु कसरी चले ?’

गएको साउन १ बाट मापदण्डमा आउने भन्ने थियो, उलले अगाडि भने, ‘अहिलेसम्म मापदण्ड पूरा नगरेका कसैले टेरेको देखिएन ।’ एसियन सबै ग्यास कम्पनीहरु सबैले मान्नै पर्ने मापदण्डमा ५ किलोमिटर वरपर बस्ती वा अन्य ग्याग उद्योग भएको हुनुहुँदैन । २५ रोपनीभित्र राखिएको ग्यास उद्योगभित्र ५० हजार लिटरको पोखरी, बालुवा र वारुणसम्बन्धी विभिन्न बन्दोवस्त हुनु पर्दछ ।

तर, काभ्रेका ती दुई उद्योग र धादिङमा रहेको १७–१८ वटा उद्योगहरु ५ सय मिटर दुरीको अन्तरमा पनि छैनन्, महर्जनले भने, ‘तिनले कसरी सञ्चालन अनुमति पाए । यसमा सम्बन्धित व्यक्तिहरुको मिलेमतो छ, भनेर शंका किन नगर्ने ?’ उनले ग्यास उड्ने भन्दा पनि बग्ने तत्व भएकाले मानवीय स्वास्थ्यका लागि निकै हानिकारक छ–भने । मानवीय, सामाजिक र वातावरणीय  जोखिमहरु प्रचुर रहन्छन् ।

गुणस्तर चिन्ह लिएनन्
नेपालमा गुणस्तर चिन्ह लिने जम्मा ४ ग्यास उद्योग छन् । गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष वितिसक्दा अन्य उद्योगले गुणस्तर चिह्न लिएका छैनन् । अब उनीहरुलाई कारवाही गर्न लागिएको छ । मुलुकमा सञ्चालित अधिकांश ग्यास उद्योगले मापदण्ड पूरा नगरेपछि त्यसलाई सरकारले कडाइ गर्न थालेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगको अनुगमन गर्ने र मापदण्ड पूरा नगर्ने उद्योगलाई बन्द गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न नलिने उद्योगलाई बन्द गर्न लागिएको बताए ।

‘सार्वजनिक सूचना आह्वान गरेर उद्योगीलाई पटकपटक गुणस्तर चिह्न लिन आह्वान गरिएको थियो, महानिर्देशक पुडासैनीले भने, ‘तोकिएको नियममा नबस्ने उद्योगलाई बन्द गर्छौं ।’ उनले पहिलो चरणमा मापदण्ड पूरा नगर्ने उद्योगको सञ्चालन रोक्का गरी कारवाहीका लागि जिल्ला प्रशासन कार्यलयमार्फत मुद्दा दर्ता गरिने बताए ।

उनका अनुसार उद्योग स्थापना भएका स्थानका जिल्ला प्रशासन कार्यालयमार्फत मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही प्रक्रिया अघि बढाइने छ । गुणस्तर प्रमाण चिह्न ऐनअनुसार मापदण्ड पूरा नगर्ने उद्योगीलाई ३ हजार रुपैयाँ अथवा ६ महिनासम्म जेल हुने व्यवस्था छ । विभागले ग्यास उद्योगमा गुणस्तर चिह्न (एनएस ५३३) अनिवार्य गरे पनि अहिलेसम्म चारवटा उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् ।

विभागका अनुसार गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् । ४९ उद्योगले तोकिएको समयमा मापदण्ड पूरा नगरेकाले कारबाही पर्ने विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर २०७३ माघ २७ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको थियो । नेपालमा ५५ वटा ग्यास उद्योग छन् । नेपाल गुणस्तर चिन्ह नलिएकालाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई चिठी पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ