११ जना साउदी राजकुमारहरु एकैपटक परे पक्राउ, कारण यस्तो
प्रकाशित २०७४ पुष २२ शनिबार
625
Shares
रियाद । साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकुमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले जनाएको छ ।
दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।
साउदी राजा सलमानले सरकारलाई राजकुमारहरूको विजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकुमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।
राजकुमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकुमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।
उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।
साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकुमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।