भोटको नुन कारोवारीको गाउँ मनाङको तिल्चेमा पहिलो पटक मोटर पुग्यो
नविन लामिछाने,
प्रकाशित २०७४ पुष २३ आइतबार
562
Shares
मनाङ । मनास्लु क्षेत्र भित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । भोटको नुन ल्याएर कारोवारका लागि पश्चिम नेपालमै चर्चामा रहेको सो गाउँमा पहिलो पटक मोटर बाटो पुग्दा स्थानियमा खुसी छाएको छ।
मनाङलाई मोटर वाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मर्स्याङदी नदिको पारी पट्टिको यस गाउँ वारीवाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको थियो। गतवर्षवाट मोटरेवल पुल वने पछि गाउँलेहरुको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म वाटो पुराइएको हो।
धेरै वर्षको प्रयास पछि मनाङको नासोङ गाउँपालिका वडा ६, र ७ मा मोटर पुग्दा गाउँलेहरु ज्यादै हर्सित देखिएका छन् ।
सडक डिभिजनले ६ करोडको लगानीमा मर्स्याङदी नदीमा मोटरयवल पुल निर्माण गरे पछि ऐतिहासिक व्यापरीक केन्द्रमा मोटर पुगेको शिक्षक माहसघ मनाङका अध्यक्ष गुणराज गुरुङले वताए।
मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मर्स्याङदी नदि र दुध खोलाको किनारै किनार भएर भिङताङ पुराउने लक्ष्य रहेको यस मोटरवाटो अझै पुरा भने भइसकेको छैन ।
मर्स्याङदी नदिमा पुल वने पनि दुध खोलामा निर्माणधिन अवस्थामा रहेको नासोङ गाउँपाकिा अध्यक्ष चन्द्र वहादुर घलेले वताए।
तिव्वतबाट नुन खरीद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्की लगायका ठाउँका मानिसहरु यहाँ आइ चामलसँग नुन साटेर ल्याउने एैतिहासिक व्यापारीक केन्द्रको रुपमा रहेको यस गाउँमा यसै महिना मात्र पहिलो पटक मोटर पुगेको हो ।