arrow

संकटा खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
GOLDCUP_(6).JPG

धनगढी । संकटा क्लब धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित खप्तड गोल्डकपको क्वार्टरफाईनलमा पुगेको छ । धनगढीमै धरानको धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । धरानले पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने अवसर गुमायो ।

पहिलो हाफको २६औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो । धरानका प्रकाश बुढाथोकीको प्रहार गरेको पेनाल्टी संकटाका गोलरक्षक विनय श्रेष्ठले रोके ।

सुरुमा ५–५ जनाको प्रहारमा दुवै टोलीले ३–३ गोल गरेपछि थप भएका २–२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत गर्न सक्यो । धरानले एक गोल गर्दा अर्को प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले रोके ।

दुई गोल रोकेर टोलीलाई जिताएका म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले १० हजार पाए । प्रतियोगिता सोमबार १४ महिनापछि फुटबलमा फर्किदै गरेको थ्री स्टार क्लव र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उप–विजेताले पाँच लाख ५५ हजार ट्रफी मेडल सहितको पुरस्कार पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ