arrow

जनजागृतीको हिरक जयन्ती नजिकिदै गर्दा प्रचारु प्रसार तीव्र

logo
कौरव खत्री,
प्रकाशित २०७४ पुष २३ आइतबार
jana-joti_mavi.jpeg

बाग्लुङ्ग । बाग्लुङ्गको जनजागृति  माध्यमिक  विद्यालयको हिरक जयन्ती नजिकीदै गर्दा प्रचारु प्रसार र आर्थिक अभियानलाई तीव्रता दिएको छ ।

हिरक जयन्ती मनाउन जम्मा १७ दिन बाकी रहदा विद्यालयले देशका विभिन्न जिल्लाका शहरबजारहरुमा यस क्षेत्रबाट बसाइ सराइ  गरि बसोवास गदै आएका विद्यालयका भूपू विद्यार्थी,समिति र अभिभावक एवं समाजसेवीहरुसंग जनभेटघाट  निमन्त्रणा  गदै हिरक जयन्तीको प्रचार प्रसार सँगै आर्थिक संकलनलाई तिव्रता दिएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिए ।

आर्थिक सहयोग संकलन अभियान मार्फत  स्वदेश तथा विदेशबाट गरि  हालसम्म  ९२ लाख रकम जुटेको विद्यालयका शिक्षक डिल बहादुर बुढाथोकीले जानकारी दिए ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा यहि माघ १० देखि १४ सम्म  हिरक जयन्ती मनाउन गइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ