arrow

सुकुम्बासी बस्तीमा शैक्षिक साम्रागी र पोशाक वितरण

logo
सागर गौतम,
प्रकाशित २०७४ पुष २४ सोमबार
chiso.jpg

खुदुनाबारी ।  शैक्षिक क्षेत्रमा फड्को मारेपनि बाढी प्रभावित क्षेत्रका विद्यार्थी जाडो मौसमा न्यानो कपडा नहुँदा विद्यालय जान सकेका छैनन् । बाढी प्रभावित क्षेत्रका सुकुम्बासी विद्यार्थीहरुलाइ विशेष ध्यान दिदै कारीतास इन्टरनेशनल र कारीतास नेपालको सहयोगमा अयिभान नेपालद्धारा बाढी प्रभावित विद्यार्थीका लागि पोशाक तथा शैक्षिक सामाग्री वितरण झापाका विभिन्न स्थानीय तहमा सम्पन्न भएको छ ।

झापा गाँउपालिका अन्तर्गत १,२,४ र ७ का तिनटोलिया, सगानबथान, सिमलबाडी, मिलनबस्ती, सालमारा, सडकवारी बस्तीमा वितरण गरिएको थियो ।  क्षेत्रगत परियोजना सहयोग समितिका संयोजक श्यामलाल राजबंशीको संयोजकत्वमा वडा न–२ अध्यक्ष नेत्र खड्का, वडा न–१ का अध्यक्ष राजकुमार यादवले ३ सय ३ जना विद्यार्थीलाइ हस्तान्तरण गरिएको थियो । त्यस्तै कमल गाउँपालिका वडा नं–१ र २ का ढयाग्री नहर चोक, मिस्त्री टोल, नयाँ बस्ती सहित सुकुम्बासी टोलमा समेत वितरण गरिएको थियो ।

सो गौरादह नगरपालिकामा ५८ विद्यार्थीलाई शैक्षिक साम्रागी सहित पोशाक वितरण गरिएको थियो । सो हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष वडा नं–२ का तारानाथ न्यौपाने सहित वडा–१ का वडाअध्यक्ष केदार कटुवाल,वडा सदस्य भिष्मराज सुवेदीले वितरण गरेका थिए ।  

त्यस्तै कुन्जीवारी पशुहाटमा १४ छात्रछात्रलाइ वडाअध्यक्ष कार्तिकलाल राजवंशीले हस्तान्तरण गरेका थिए । त्यस्तै कादो गाउँमा ११ विद्यार्थीलाइ वडा सदस्य भिम प्रसाद राजबंशीले हस्तान्तरण गरेको जनाइएको छ । त्यस्तै दहगाउमा ३० जना विद्यार्थीलाइ हस्तान्तरण गरिएको थियो । त्यस्तै कटकपुर सुकुम्बासी टोलमा ३९ विद्यार्थीलाइ वडाअध्यक्ष छत्रपति सुवेदीले हस्तान्तरण गरेका थिए ।

 सो हस्तान्तरण कार्यक्रममा अभियान नेपालका पूर्व अध्यक्ष प्रसाद गुरागाई, प्रेम राज गौतम, उपाध्यक्ष हेम बहादुर खत्री, लोकनाथ खनाल, केशव खनाल, चन्द्रकला अधिकारी रंजित चौधरी,डोमनाथ खनाल,विष्णुलाल ढकाल, कारीतास नेपालबाट रविन भट्टराइ, टंक कट्टेल, एनजिओ फेडेसनका प्रदेश सदस्य उमानाथ ढकाल लगायतको उपस्थिती रहेको थियो । कारीतास नेपालको सहयोगमा अभियान नेपालले संचालन गदै आएको बताइएको छ । २०१७ संञ्चालन भएको सो कार्यक्रममा २०१८ अगष्ट सम्म संञ्चालन हुने अभियान नेपालका केशव खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ