- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस फुटबलमा पहिलो पटक भीएआर भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग भएको छ । एफए कप फुटबलका क्रममा सोमबार राति क्रिष्टल प्यालेस र ब्राइटन एण्ड होभ आल्बियनबीचको खेलमा पहिलो पटक भीएआर प्रविधिको प्रयोग भएको हो ।
खेलका क्रममा रेफ्रीलाई निर्णय दिन कठिन भएको अवस्थामा यो प्रविधिको सहायता लिइन्छ ।
यसका पनि प्रावधान छन् । खेलका क्रममा चारवटा अवस्थामा मात्रै यसको प्रयोग गर्न पाइन्छ । गोल, पेनाल्टी र खेलाडी पहिचान गर्न समस्या भए वा सिधै रातो कार्ड दिँदा यो प्रविधि प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ ।
खेलका क्रममा समर्थकहरुले विवादित गोलका बारेमा दबाब दिएपछि यो प्रविधिको प्रयोग भएको हो ।
खेलमा ब्राइटनका ग्लेन मरेले आफ्नै पूर्व क्लव प्यालेसविरुद्ध गोल गरेका थिए । यो विवादित बनेको थियो ।
खेल ब्राइटनले खेल २–१ ले जितेर एफए कप फुटबलको चौथो चरणमा पुगेको छ ।