arrow

कलैया उपमहानगरपालिकाद्वारा कम्बल बितरण

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
pic_of_kambal_bitaran_wad_no_1.jpg

बारा । कलैया उपमहानगरपालिकाले चिसोबाट पिडित बनेका स्थानीयहरुलाई राहत दिनको लागि मंगलबार पनि  कम्बल बितरण गरेको छ । वडा नम्बर १ मा एक कार्यक्रम गरी सय थान कम्बल बितरण गरीएको कलैया उपमहानगरपालिकाले जनाएको छ ।

वडा नम्बर कार्यालय १ मा आयोजना गरीएको कम्बल बितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका  प्रमुख राजेश राय यादव, उप प्रमुख रहिमा खातुन र वडा अध्यक्ष हरिओम प्रसाद सुनार सँगै स्थानीयहरुलाई कम्बर बितरण गरेका हुन्।  नगर प्रमुख राजेश राय यादवले २७ वटै वडाहरुमा आर्थिक अवस्था कमजोर भएका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुलाई कम्बल बितरण गर्न शुरु गरीएको बताएका छन्।

दिन प्रति दिन चिसो बढदै गएको अवस्थामा प्रत्येक वडा कार्यालयहरु मार्फत खरिद गरीएको सय सय थान कम्बर एक एक वडामा बितरण गर्न लागिएको यादवले बताए। वडा नम्बर १ ले मंगलबार बितरण गरेको कम्बर पाएका  स्थानीय मुान्नी खातुनले कम्बरले आफुलाई ठुलो राहत पुगेको बताए ।

बाक्लो कुहिरो र सितलहरले गर्दा नगर क्षेत्रका आर्थिक अवस्था कमजोर भएका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुले नगरपालिकाले चिसोबाट बचाउनको लागि न्यानो कपडा उपल्बध नगराएको गुनासो गरे पछि उपमहानगरपालिकाले कम्बल बितरण गर्न लागेको  वडा  अध्यक्ष सुनालले बताएका छन्।

यस बर्ष कम्बल नपाएका वडा वासीहरुलाई अर्को बर्ष पनि कम्बल बितरण गरीने आश्वासन समेत सुनारले दिएका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ