- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दुबाई । इंगलिस प्रिमियर क्लव म्यानचेस्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्होको अनुहार झट्ट खुल्दैन । उनी प्रायः ‘एङ्ग्री म्यान’ का रुपमा चिनिन्छन् ।
विपक्षीसंग रिसाहा प्रवृत्ति देखाउनु उनको फुटबल जीवनको ग्ल्यामर बन्दै आएको छ ।
उनी आफ्ना खेलाडीसंग पनि हाँसोयुक्त होइन आदेशयुक्त व्ययहार गर्छन् । तर तिनै मौरिन्हो हाँस्नै नजान्ने होइनन् ।
उनको दुर्लभ हाँसो मंगलबार दुबाईमा भएको टिमको अभ्यासका क्रममा देखिएको छ ।
म्यानचेस्टर युनाइटेड यतिबेला दुबाईमा छ । एक हप्ता अभ्यासका लागि आएको टिमसंग मौरिन्हो खुलेर हाँसेका छन् ।
खेलाडीहरुसंग रमाइलो गरेका छन् । खेलाडीहरुले पनि मौरिन्होलाई साथ दिएका छन् । माइकल क्यारिकदेखि एन्टोनियो भ्यालेन्सियासम्मले अभ्यास गरेका छन् ।
आगामी सोमबारसम्मै रेड डेभिल्सले दुबाईमा अभ्यास गर्नेछ ।
राइभल टिम म्यानचेस्टर सिटीसंग हारेपछि स्तब्ध भएको टिमले रिफ्रेस हुने अवसर पाएको हो ।
पल पोग्बा, रोमेलु लुकाकु, जेस्सी लिंगार्ड लगायत सबै खेलाडी उत्साही देखिएका छन् ।