arrow

फ्याक्ट्री मूल्यमा शिखरका जुत्ता, चप्पल लिन भृकुटीमण्डमा घुइँचो

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
shikahar.jpg

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपमा जारी शिखर ‘विन्टर सेल मेला’ ले अहिले आम उपभोक्ताको ध्यान तानेको छ। फ्याक्ट्री मूल्यमा जुत्ता, चप्पल पाइने भएकाले पनि यो मेलाले आम उपभोक्ताको घुइँचो लागेको हो । बजार भाउको तुलनामा निक्कै सस्तो मूल्य निर्धारण गरेपछि खरिद गर्ने उपभोक्ता पनि दिनहुँ बढिरहेका छन् ।


शुक्रबारदेखि सुरु भएको मेलामा प्रत्येक दिन उपभोक्ताको बाक्लो उपस्थिति भइरहेको र जुत्ता, चप्पल खरिद मूल्य देखेर उपभोक्ता धेरै जोर खरिद गर्न उत्साहित भइरहेको प्रबन्ध संचालक रामकृष्ण प्रसाईले बताए । ‘सेल मेलामा फ्याक्ट्री मूल्यमै जुत्ता, चप्पल बिक्री गरिरहेका छौं । जुन बजार भाउ भन्दा निक्कै सस्तो छ’ प्रसाईले भने, ‘शिखर जस्तो उत्कृष्ट ब्राण्डका जुत्ता, चप्पल सोचेभन्दा पनि सस्तो मूल्यमा पाएको भनेर यहाँ आउने उपभोक्ता निक्कै उत्साहित हुने गरेको पाएका छौं ।’


सेल मेलामा नयाँ र अधिकतम १ वर्ष पुराना जुत्ता, चप्पल राखिएका छन् ।  बजारमा पाउने भन्दा आधा मुल्यमा जुत्ता, चप्पल राखिएको छ ।   ४ सयदेखि ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री गर्ने लेडिज चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । जुन ३०–४० वटा मोडलमा रहेको र महिला उपभोक्ताले छानी छानी खरिद गर्न सक्ने छन् । बच्चाका लागि छालाको स्कूल सुज ५ सयदेखि १३ सयसम्म बजार मूल्य रहेकोमा मेलामा पाँच सय प्रतिजोर रहेको छ ।


युवाले लगाउने कन्भर्स डिजाइनको पाण्डा सुज चारसय रुपैयाँ र  ६ सय रूपैयाँ प्रति दुर्इजोरमा बिक्री भइरहेको छ । ‘सस्तो मूल्यमा जाडाको न्यानो जुत्ता दिएका छौं । त्यसैले उपभोक्ताले चप्पल छाडेर जुत्ता नै लगाउन सक्नुहुन्छ’ प्रसाईले भने ।  त्यस्तै छालाको जुत्ता पनि १ हजार र १५ सय रुपैयाँ गरी दुई थरी मूल्यमा मात्रै बिक्री गरिरहेको उनले बताए । ‘बजारमा ४५ सय रुपैयाँसम्ममा बिक्री गर्ने जुत्ता मेलामा आउने उपभोक्तालाई १५ सय रुपैयाँ प्रतिजोरमै दिएका छौं’ उनले भने ।

शिखरको जुत्ता, चप्पल सस्तो मूल्यमा खरिद गर्ने अहिले चलिरहेको सेल मेला अन्तिम मौका हो । कम्पनीका प्रबन्ध निर्देशक प्रसाईले यो बर्ष एक्लै अर्को मेला नलगाउने बताएका हुन् । ‘यो बर्ष अब शिखर ब्राण्डले एक्लै सेल मेला लगाउँदैन, यो नै अन्तिम हो’ उनले भने, ‘सस्तोमा शिखरका जुत्ता, चप्पल खरिद गर्ने चाहना भएका उपभोक्ता छिटो गरेर मेला स्थलमा आउन सक्नुहुन्छ ।’

निर्देशक प्रसाईंका अनुसार मेलामा जाडोमा लगाइने कपडा तथा स्पोर्ट्स सुजमा सबै उमेरका ग्राहकको आकर्षक देखिन्छ । यस क्रममा युवाहरूले क्याजुअल सुज पनि बढी मन पराइरहेका छन् ।

सस्तोमा गुणस्तरीय जुत्ता, चप्पल बिक्रीका लागि राखिएकाले उपभोक्ताले कुनै शंका नगरी खरिदको निर्णय लिन प्रसाईले आग्रह गरेका छन् । ‘मेलामा कमसल जुत्ता, चप्पल भएर सस्तोमा राखिएको हो की भन्ने कुनै उपभोक्तालाई शंका छ भने एक पटक मेला स्थल आएर यहाँ राखिएका जुत्ता, चप्पल हेर्नुस्’ उनले भने, ‘त्यसपछि खरिदको निर्णय लिदा राम्रो हुन्छ ।’ मेलामा आउने अधिकां उपभोक्ताले दुई जोर भन्दा बढी जुत्ता, चप्पल खरिद गरिरहेको उनले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ