- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिड कप्तान क्रिष्टियानो रोनाल्डोको भरमै टिकेको छ । रोनाल्डो नखेलेको खेलमा रियाल हार्न पनि सक्छ ।
रोनाल्डो र ग्यारेथ बेल पनि नभए त खेलमा कुनै भरथेग नहुन पनि सक्छ । मार्सेलो तथा करिम बेन्जिमा पनि नहुँदा बुधबार रातिको परिणाम हुन्छ ।
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियाल मड्रिड नुमान्सियासंग बराबरीमा रोकियो ।
खेल २–२ को बरारबरीमा सकिएको हो । तर पहिलो लेगको खेलमा ३–० को जितको आधारमा रियाल एग्रिगेटमा ५–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि रियाल १० खेलाडीमा सीमित नुमान्सियासँग बराबरीमा रोकिएको हो ।
रियालका लागि लुकास भाज्वेजले ११ औं र ५९ औं तथा नुमान्सियाका लागि गुलेर्मोले ४५ औ र ८२ औं मिनेटमा गोल गरेका थिए ।
इन्जुरी समयको दोस्रो मिनेटमा काल्भो सान्रोम्यान दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
राति नै भएका अरु खेलमा फोर्मेन्तेरालाई २–० ले हराएको एलाभेस एग्रिगेटमा ५–१ का साथ क्वार्टरफाइनल पुग्यो ।
त्यस्तै भिल्लारियलसँग २–१ ले पराजित भएर एग्रिगेटमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लेगानेस क्वार्टरफाइनलमा पुग्यो । पहिलो लेगमा लेगानेस १–० ले विजयी भएको थियो ।