arrow

वृद्धाश्रमलाई पोष्टोलिक को सहयोग

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
helps_photo_and_video_(3).jpg

बुटवल।  समाजिकमा सञ्जालमा सक्रिय युवाहरुको ग्रुप ‘पोष्टोलिक ग्रुप’ बुटवलको आयोजनामा नवलपरासी जिल्लाको सुनवल १३ बडेरा सागरपोखरीमा रहेको  पवित्र वृद्धाश्रम मा  खाद्यान्न तथा अन्य जिन्सी सहयोग गरेका छन् । विहिवार आश्रम परिषरमा एक कार्यक्रमको आयोजना गरी संस्थाकालाई खाद्यान्न तथा जिन्सी प्रदान गरिएको हो ।  ग्रुपकी संयोजक तुलसी बस्यालको  अध्यक्षता तथा आश्रममा अध्यक्ष बलराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  ६ हजार बराबरको सामान खाद्यान्न तथा जिन्सी सामान  प्रदान  गरिएको हो ।

सामाजिक सञ्जालमा गरिएको पोष्टको आधारमा जम्मा भएको रकमबाट उक्त सहयोगगरिएको संयोजक बस्याल ले जानकारी दिई । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भण्डारीले आगामी दिनमा पनि यस्तै कृतिको सहयोगको अपेक्षा गरेको जानकारी दिए । विगतका दिनहरुमा मुष्ठीदानबाट समेत आश्रम सञ्चालन हुदै आएको जानकारी दिदै विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम सञ्चालनमा आएको  बताएका थिए ।

ग्रुपले विगतका दिनमहरुमा सिद्धबाबा आश्रममा बृद्ध वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । सहयोगमा ग्यासँको सिलिन्डर, चिनी, चिया, विस्कुट, साबुन, दाल, फुरनदाना लगायतका खाद्यान्न सहयो गरिएको हो । अमृत ापाण्डेको सञ्चालन रहेको   कार्यक्रममा  बुटवल टुडेका बरिष्ठ संवाददाता कृष्ण खनाल,  ग्रुपका राजु पाण्डे, दिपा बस्याल, श्रीराम भट्राई, सृजना राना, मिना राना, प्रकाश न्यौपाने, प्रदिप न्यौपाने लगायतले मन्तव्य राखे थिए । आश्रममा हाल ८ जना वृद्ध वृद्धाहरु आश्रीत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ