arrow

वर्ल्डलिंकको 'फाइवर टु होम' सेवा टाँडीमा

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
tandi.JPG

 काठमाडौं । वर्ल्डलिंकले नेपालको ऐतिहाशिक शहर तथा पर्यटकीय महत्वको मुख्य आर्कषण र व्यापारीक केन्द्र रत्ननगर टाँडी मा 'फाइवर टु होम' सेवा सहित बुधवार आफ्नो साखाको शुभारम्भ गरेको छ ।

 'फाइवर टु होम'  सर्भिसको माध्यमवाट ग्राहकले उच्च गतिको इन्टरनेट प्रयोग गर्न सक्ने छन् । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतीको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भ्वाइस, डाटा, भिडियो फाइलहरु सजिलैसंग  अपलोड तथा डाउनलोड गर्न सकिने उत्घाटनको क्रममा कम्पनिका नेटवर्क विस्तार परियोजना प्रमुख शंकर राज शिवाकोटीले वताए ।

 यस साखावाट पर्सा, टाँडी तथा सौराह लगायको क्षेत्रहरुमा सेवा दिईने र यस क्षेत्रका सवै वर्गका व्यक्ति तथा व्यवसायीहरुले वर्ल्डलिंक कम्यूनिकेसन्स् प्रा. लि.को उच्चतम सेवा मार्फत आ आफ्नो क्षेत्रमा समृद्घि हासिल गर्न सक्नुहोस भन्ने आफ्नो कम्पनिको  उद्धेश्यल रहेको समेत उनले वताए ।

हाल  कम्पनिले ग्राहकको माग अनुसार १० एमबि देखि ५० एमबिसम्मको सेवा उपलव्ध गराईरहेको छ । यो सेवा विद्यार्थी, सँध सँस्था, होटल, रेस्टुरेन्ट, व्यवसायिक स्थान तथा घरमा सर्वसुलभ दरमा प्रयोग गर्न सकिने कम्पनिले  जनाएको छ । विगत लामो समय देखि यस आसपासमा तार रहित सेवा दिँदै आएकोमा  एफटिटिएच सेवाको विस्तार सँगै ग्राहकले उच्च गतिको इन्टरनेट सँगसगै आइपिटिभि सेवाको समेत अनुभव लिन सक्ने समेत प्रमुख शिवाकोटीले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ