arrow

हाइड्रो पावर निर्माण गरेर विद्युतको वृद्धि गर्नुपर्छ : मेयर सापकोटा

logo
कौरव खत्री,
प्रकाशित २०७४ पुष ३० आइतबार
somnath_-sapkota_-sahakari.jpg

गुल्मी ।  मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सबैले मिलेर हाइड्रो पावर निर्माण गरेर विद्युतको वृद्धि विकास गर्नुपर्ने धारणा राखेका छन् ।  गुल्मीको परोपकार बहुउद्देश्यीय सहकारीको  १२ औ वार्षिक साधारण सभालाई सम्त्रोधन गर्दे मेयर सापकोटाले गस्तो बताएका हुन‍् ।

उनले  सहकारीले सञ्चालन गरेको हाइड्रो पावर उत्पादनमा सबै मिलेर जानु पर्ने बताए । उनले सहकारीले पुंजी निर्माण गरेर पुंजीको उचित परिचालन गदै अन्य  निजि तथा वित्तीय संस्थाले भन्दा पनि उपभोक्क्ताहरुलाई सरल र सहज तरिकाले सस्तो व्याजदरमा ऋण प्रदान गर्नुपर्ने बताए ।

साथै मेयर सापकोटाले सहकारी मार्फत सञ्चालित जलविद्युतलाई आवश्यक सहयोग र थप व्यवस्थित र नियमित बनाउन  नगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

२०४९ सालमा ३६ जनाबाट सुरु भएको सहकारी संस्थामा गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको वडिगाड गाँउ पालिका गरि हाल १ हजार ९सय, १५ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले विद्युतको क्षेत्रमा आर्थिक लगानी गरेर  १ सय ३५ किलोवाट क्षमताको विद्युत उत्पादन र  लागी सदस्यहरुलाई बचत तथा ऋण प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ