arrow

रेखाको लभगुरु यश चोपडा

हालै मात्र ‘यश चोपडा मेमोरियल अवार्ड’बाट सम्मानित उनले उक्त कुराको खुलासा गरेकी हुन् ।

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
Actress-Rekha.jpg.jpeg
मुम्बई । हिन्दी फिल्मकी सदाबहार अभिनेत्री रेखाले प्रेम गर्न कोबाट सिकिन होला ? यो सबैका लागि कौतुहलताको विषय हो । यी अभिनेत्रीले हालै मात्र यसै विषयमा एउटा खुलासा गरेकी छन्, जुन कुराले अहिले बलिउडमा चर्चा पाएको छ ।उनले आफूलाई फिल्म निर्माता तथा निर्देशक यश चोपडाले प्रेम गर्न र सायरी लेख्न सिकाएको खुलासा गरेकी छन् ।

हालै मात्र ‘यश चोपडा मेमोरियल अवार्ड’बाट सम्मानित उनले उक्त कुराको खुलासा गरेकी हुन् । ‘यशजीको बारेमा कुरा गर्नु सानो मुखले ठूलो कुरा गरेजस्तो हुन्छ, म उहाँको बारेमा निश्चित रूपमा एउटा कुराचाहिँ भन्न चाहन्छु कि उहाँले नै मलाई प्रेम गर्न सिकाउनुभयो,’ रेखाले भनिन्,‘उहाँको फिल्म हेर्नासाथ मलाई प्रेमको महसुस भएको थियो, जुन कुरा हरेकका लागि अदृश्य हुन्छ र प्रत्येक व्यक्ति महसुस गर्न सक्छ ।’

उनले यशराजको नाममा पुरस्कार पाउनुले अझै पनि फिल्मको पर्दा नझरेको अनुभव आफूले गरेको बताइन् । ‘अझै पनि भविष्यमा अझैं नयाँ कुरा आउन बाँकी छ, यो पुरस्कारले अझै पनि मलाई धेरै कुरा गर्नुपर्ने सम्झाएको छ, यो मेरो जीवनको अन्तिम पन्ना भने पक्कै होइन्, किनकि अझैं पन्ना सकिएका छैनन् ।’ उनले भनेकी छन् ।

रेखाले यश चोपडाद्वारा निर्देशित फिल्म ‘फासले’ र ‘सिलसिला’ मा काम गरेकी थिइन् । ‘यशजीसँग काम गर्दा म शायरवाला पनि बनें, उहाँले मलाई सिकाउनुभयो र प्रेरित पनि गर्नुभयो ।’ उनले भनिन् ।
यो अवार्ड वरिष्ठ दिवंगत फिल्म निर्माताको सम्झनामा टी सुब्बाराम रेटी केटीएसआर फाउन्डेसनले दिने गरेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ